आदर्श लघुवित्तले आइपीओ निष्कासन गर्दै

काठमाडौं , साउन ७ । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । यसका लागि बीओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।
कम्पनीले हाल कायम जारी पुँजी २ करोडको ३० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्