चीनबाट नोपल आइपुग्यो थप १० लाख डोज खोप

काठमाडौं, साउन ७ । चीनबाट कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । खोज बिहीबार अपरान्ह काठमाडौं आइपुगेको हो ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

यस्तै नेपाल वायु सेवा निगमका अनुसार थप १० लाख डोज खोप लिनका लागि निगमको जहाज बिहीबार राती ११ बजे बेइजिङ जादैंछ ।शुक्रबार दिउँसो उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन शनिबार सोही जहाज बेइजिङ जानेछ ।

नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट उत्पादन भएको ४० लाख भेरोसेल खोप खरिद गरेको हो । अहिले नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्