नेप्सेमा दोहोरो अंकको बृद्धि , ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं, साउन ७ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १८ दसमलव ७५ अंकले बढेर तीन हजार चार दसमलव ३१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव छ अंकले बढेर पाँच सय ६२ दसमलव २४ बिन्दुमा चढेको छ ।

दुई सय २२ वटा कम्पनीहरुको एक लाख १४ हजार सात सय ७२ पटकको कारोवारमा आज पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ११ अर्ब ११ करोड ४१ लाख २१ हजार छ सय १६ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दसमलव ६४ अंकले बढेर दुुई हजार एक सय दुई दसमलव ९५ बिन्दुमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ३८ दसमलव २५ अंकले बढेर दुई हजार पाँच सय १९ दसमलव ७२ बिन्दुमा चढेको छ ।

यसैगरी जलबिद्युत, निर्जिवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने १४ दसमलव ९३ अंकले घटेर चार हजार सात सय ७५ दसमलव ६५ बिन्दुमा झरेकोमा जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी उन्नती कोषको प्रतियुनिट सेयर मुल्य १० दसमलव चार प्रतिसतले बढेर १५ रुपैयाँ ६८ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ४५ प्रतिसतले घटेर चार सय ७२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको कृषि बिकास बैंकको प्रतिकित्ता पाँच सय ८८ रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड २१ लाख ४७ हजार दुई सय ४० रुपैयाँ ७० पैसाको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्