झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा
काठमाडौं, साउन ७ । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो ।
अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए । मन्त्रिपरिषदले निर्णय गरेपछि रकम निकासाको प्रक्रिया शुरु भएको ती अधिकारीको भनाइ छ ।
पूर्व प्रधानमन्त्री खनाल हाल भारतमा उपचार गराइरहेका छन् । तत्कालीन केपी ओली सरकारको मन्त्रिपरिषद बैठकले उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सरकार परिवर्तनपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोनमार्फत स्वयं खनाललाई खर्च सरकारले व्यहोर्ने भन्दै ढुक्कसँग उपचार गर्न भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्