प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ५ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न भन्दै देउवा खुमलटार पुगेका हुन् । देउवा खुमलटार पुगेको जानकारी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएका छन् ।

सीता लामो समयदेखि बिरामी छन् । उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि निको हुन सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्