काँग्रेस संसदीय दलको बैठक सकियो, प्रतिनिधिसभा बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं, साउन ३ । संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जानकारी दिइन् ।

यस्तै सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्