सबैलाई हसाउने हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुबै किड्नी फेल

काठमाडौं, साउन १ । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । दीपाले भनिन्–‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ । यसपछि म भेट्न पुगेकी हुँ ।’

वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् ।

उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् । उनको यो अवस्थाले अहिले सबैलाई मर्र्माहित बनाएको छ । कलाकार तथा उनका दर्शकले चिन्ता व्यक्त गरेका छन् । हाम्र्रो तर्फबाट पनि कलाकार पल्पसा डंगोललाई शीघ्र स्वास्थ्य लाभको कामना .

प्रतिक्रिया दिनुहोस्