अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरेर श्वेतपत्र जारी गर्छु: अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रको ताजा अवस्था अध्ययन गरी श्वेतपत्र जारी गर्ने बताएका छन् ।

आज  अर्थ मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘अर्थतन्त्रको अध्ययन गर्दैछु, यो सकिएपछि आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्छु ।’

यस्तै उनले पूर्ववर्ती सरकारले ल्याएको बजेट नै संसदमा टेबल गर्ने भएका छन् । कार्यक्रममा उनले भने, ‘बजेट संसदमा साउन ३ गते नै टेबल गर्छु, संसदले के गर्छ, त्यही ढंगले अघि बढ्छु ।’

संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्