माछापुच्छ्रे बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र जारी

काठमाडौँ, असार ३१ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ। वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र (असार ३१) बिहीबार देखि जारी गरेको हो।

नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु। १ अर्ब २० करोड ऋणपूँजी रकम ९५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको० सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु। १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते तथा ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले ‘आईसी आरए एनपी(आईआर(ए’ रेटिङ्ग प्राप्त गरेको छ। ‘आईसीआ र नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रै बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ।

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ।

माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३१ स्थानबाट ९ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, देशभर २०२ वटा एटीएमहरु सञ्चालनमा रहेको छन्।

प्रतिक्रिया दिनुहोस्