नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्नेछः महामन्त्री डा शंशाक कोइराला

काठमाडौं । नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कोइरालाले नेपाली काँग्रेसको अबको पहिलो संकल्प भनेको समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए।

कोइरालाले लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।

देशलाई समुन्नत कसरी बनाउन सकिन्छ भन्नेमा काँग्रेस लागिपरेको बताउँदै उनले सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको बाटो रोजेर जनतालाई सुखी र खुशी बनाउने अभियानमा लाग्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्