व्यापार घाटा १२ खर्ब ६५ अर्ब पुग्यो, आयात-निर्यातको अवस्था यस्तो छ
काठमाडौं, असार ३१ । आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा एक खर्ब २१ अर्बको वस्तु निर्यात भएको छ । यस अवधिमा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई १२१ अर्ब २५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो ।
वैशाख महिनामा निर्यातको आँकडा एक खर्ब पार गरेको थियो । वैशाख महिनासम्ममा कुल वस्तु निर्यात ३२।२ प्रतिशतले वृद्धि भई १०८ अर्ब ४८ करोड पुगेको थियो । एक महिनामा १३ अर्ब बढीले वस्तु निर्यात बढेको हो । समीक्षा अवधिमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३।३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि हुँदा चीनतर्फको निर्यातमा भने १७।४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो ९पोलिष्टर तथा अन्य०, जुटका सामान, ऊनी गलैँचालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायत वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा कूल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई १२६२ अर्ब ११ करोड पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २५।७ प्रतिशतले वृद्धि भई १३८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम।एस।बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा्लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, चाँदीलगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्