सगरमाथा ईन्सोरेन्सले ११ प्रतिशत शेयर तिवरण गर्ने
काठमाडौं, असार ३० । सगरमाथा ईन्स्योरेन्स कम्पनीले आफ्ना शेयर धनीलाई ११ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीको मंगलबार सम्पन्न २४ औं वार्षिक साधारणसभाले ११.५७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले कोरोनाका कारण अन्य क्षेत्र प्रभावित भएसँगै बिमाको क्षेत्र पनि प्रभावित हुने बताउनुभयो ।
अध्यक्ष मानन्धरले कोभिडकै कारण आर्थिक वर्ष ०७६र०७७ मा बिमाशुल्क लक्ष्य भन्दा कम संकलन भएको बताउनुभयो । तर पनि आर्थिक वर्ष २०७७/०७८को जेठ मसान्तसम्ममा अघिल्लो वर्ष भन्दा १५।४४ प्रतिशतले वृद्धि भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले जेठ मसान्तसम्ममा ७ हजार ५ सय १ जनाको ३५ करोड रकम भुक्तानी गरिसकेको बताउनुभयो ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब २ करोडको बिमा रकम भुक्तानी गरेको थियो भने चालु आर्थिक वर्षमा कोभिड ईन्सोरेन्स पोलीसि बाहेकको ८४ करोडको बिमा दाबी भुुक्तानी गरिसकेको जनाएको छ । कम्पनी पछिल्लो समय प्रविधिमैत्री हुँदै गएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्