शेयर बजारमा आज दोहारो अंकको सुधार, अधिकांश समूहमा हरियाली

काठमाडौं, असार २९ । सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६।३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ।

हिजो ९ अर्ब ९८ करोडको सेयर किनबेच भएकोमा आज ५ अर्ब ५४ करोडमा खुम्चिएको छ। आजको कारोबारपछि बजारको पुँजीकरण ३९ खर्ब ९३ अर्ब कायम भएको छ।जीवन बीमाबाहेकका सबै समूह बढेका छन्। सो समूह ६६ अंकले घट्यो।

यस दिन बैंकिङ १४, ब्यापार ८, होटल तथा पर्य६न १९, विकास बैंक ७०, जलविद्युत १३, फाइनान्स ९३, निर्जीवन बीमा १४, उत्पादन ५, अन्य ८ र माइक्रोफाइनान्स ३३ अंकले बढेका छन्।

सेन्ट्रल फाइनानान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसिएफसी फाइनान्सको मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङदी हाइड्रोपावरको मूल्य साढे ५ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन मूल्य घट्ने कम्पनीको गिरावट दर २ प्रतिशत मुनि रह्यो। सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै १। ६ प्रतिशतले मूल्य घटेको छ।

कारोबारका आधारमा यस दिन नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४५ करोडको कारोबार भयो भने दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोडको कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्