प्रधानमन्त्री देउवा लिएर आज ७ः४५ बजे स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज स्वदेश फर्किँदै छन् । उनी ओमान हुँदै बिहीबार साँझ ७ः४५ बजे काठमाडौं आइपुग्नेछन् ।

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क गएका थिए । उनले असोज ७ गते महासभालाई सम्वोधन गरेका थिए ।

१ सय ९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराएका थिए । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गरेका थिए । अमेरिकाबाट उनी ओमान प्रस्थान गरेका थिए । ओमानमा पनि बिभिन्न भेटवार्ता गरेर उनी स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराई लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्