सेयर बजारमा हरियाली: ७३ अंकले बढ्दा आठ अर्ब छ करोडको सेयर किनबेच

काठमाडौं , असार २७ । चालु आर्थिक वर्षको अन्तिम साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा साताको पहिलो कारोवार दिन आईतबार नै करेक्सन आएको छ ।

नेप्से आज ७३ दसमलव ३३ अंकले बढेर २८ सय ९८ दसमलव ४३ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १३ दसमलव ५१ अंकले बढेर पाँच सय ४३ दसमलव १६ बिन्दुमा चढेको छ ।

आज दुई सय २५ वटा कम्पनीहरुको ८२ हजार ४९ पटकको कारोवारमा तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब छ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको हुंदा आज सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ७७ अंकले बढेर १९ सय ७२ दसमलव २० बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ७६ दसमलव तीन अंकले बढेर २८ सय पाँच दसमलव १७ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ५५ दसमलव २६ अंकले बढेर १४ हजार दुई सय ५४ दसमलव ६३ बिन्दुमा चढेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय ५१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मुल्य चार दसमलव ३७ प्रतिसतले घटेर १८ हजार रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारमा आधारमा पहिलो स्थानम परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय ६४ रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ९३ लाख ६० हजार नौ सय ५५ रुपैंयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्