सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएपछि एकीकृत कारोबार सुरु

काठमाडौं , असार २७ । सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएपछि बैंकले एकीकृत कारोबार सुरु गरेको छ । फाइनान्स गाभिएपछि बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँ र ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ पुगेको छ । फाइनान्स गाभिएपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ भएको छ ।

संयुक्त कारोबारको शुभारम्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचालन गर्ने बताए । बंैकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानीलाई न्यून गर्न स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको उनले बताए ।

बैंकले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स र सहयोगी विकास बैंक एवं तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्