सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्दै

काठमाडौं , असार २५ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्