कहिले हुन्छ मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट ?

काठमाडौं असार २५ । नेपालमा पछिल्लो समय शेयर बजार सुस्ताए पनि प्राथमिक शेयर बजार भने तातिरहेको छ ।बुधबार मात्र आइपीओ बाँडफाँडको रौनक ल्याएकोमा हिजो देखि युनियन लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासनले सबैलाई उत्साहित बनाएको छ ।

यसैबीच मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ पनि आउने क्रममै छ । यसको सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए ।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३. १० गुणा बढी हो । संस्थाले ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । प्रिअलटमेन्ट नतिजा अनुसार आवेदन मध्ये ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर हात पार्ने छन् ।

प्रतिक्रिया दिनुहोस्