नेप्से २८ सय २४ अंकमा, सातामा २३ अर्ब २६ करोडको सेयर किनबेच

काठमाडौँ , असार २५ । यो साता नेप्से २८ सय २४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २९ दसमलव ६६ अंकमा पुगेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोवारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर किनबेच हुँदा यो साता कुल कारोवार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।

गत साता भने दुई सय २७ वटा कम्पनीहरुको तीन लाख ७७ हजार छ सय २५ पटकको कारोवारमा १० करोड ३३ लाख ८८ हजार छ सय ६६ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा पहिलो, दोस्रो, तेस्रो र चौथो दिन घटेको थियो भने पाँचौं दिन बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से आठ दसमलव ४८ अंकले घटेर २८ सय ३४ दसमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले घटेर पाँच सय २८ दसमलव ४५ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ११ दसमलव ७८ अंकले घटेर दुई हजार आठ सय २२ दसमलव ७३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य चार अंकले घटेर पाँच सय २८ दसमलव ४१ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से पाँच दसमलव २४ अंकले घटेर दुई हजार आठ सय १८ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ९७ अंंकले घटेर पाँच सय २६ दसमलव ७५ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से १६ दसमलव ९७ अंकले घटेर दुई हजार आठ सय एक दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव पाँच अंकले घटेर पाँच सय २२ दसमलव २४ अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से २३ दसमलव ७६ अंकले बढेर दुई हजार आठ सय २४ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ४१ अंकले बढेर पाँच सय २९ दसमलव ६६ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन भने सेयर कारोवार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, आदि परेकाछन ।

पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन । सुचीकरण तर्फ भने यो साता सिभिल लघुबित्त बित्तीय संस्था, निर्धन उत्थान लघुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक सहितका सात वटा कम्पनीहरुको बोनस सेयर तथा ऋणपत्र सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्