डोटीका सबै डाक्टर काठमाडौं आएपछी अस्पातालको सेवा ठप्प

काठमाडौं । स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै राजधानी हिडेपछि जिल्ला अस्पताल डोटीको सबै सेवा ठप्प भएका छन् । डाक्टरमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल डोटीको सेवा स्थगन गरि राजधानी आइपुगेका छन् ।

काम गर्ने वातावरण नरहेको भन्दै जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन सहित डाक्टरहरुले जिल्ला छोडेका हुन् । आकस्मिक बाहेक सबै सेवा ठप्प पार्दा उपचारका लागि आएका बिरामीहरु मर्कामा पर्न थालेका छन् ।

उपचारमा आएकी स्थानीय महिलासँग भएको सामान्य विवादको विषयलाई लिएर जिल्ला अस्पताल डोटीमा कार्यरत जितेन्द्र सिंहमाथि स्थानीय युवाहरुले आइतबार दिउँसो डेरामै निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न रहेकालाई कारबाही नभएसम्म आफुहरु जिल्ला नर्फकिने स्वास्थ्यकर्मीहरुको अडान छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण त्यहाँका सर्वसाधनहरु स्वास्थ्य सेवा लिनबाट बन्चीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्