बुधबार झण्डै १७ अंकले घट्यो नेप्से

काठमाडौं, असार २३ । नेप्से आज बुधबार पनि घटेको छ । नेप्से आज १६ दसमलव ९७ अंकले घटेर २८ सय एक दसमलव १३ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव पाँच अंकले घटेर पाँच सय २५ दसमलव २४ बिन्दुमा झरेको छ ।

दुई सय २२ वटा कम्पनीहरुको ४६ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड १६ लाख ६४ हजार दुई सय सात कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार भएकोमा आज बिकास बैंक समुहको सुचक ११ दसमलव छ अंकले बढेर चार हजार दुई सय २२ दसमलव ३४ बिन्दुमा चढेको छ भन लघुबित्त समुहको सुचक पनि बढेको छ ।

बाँणिज्य बैंक समुहको सुचक भने आज तीन दसमलव ७१ अंकले घटेर १९ सय नौ दसमलव ६२ बिन्दुमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको संस्थापक सेयरको मुल्य तीन दसमलव ५७ प्रतिसतले बढेर एक सय १६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ४५ प्रतिसतले घटेर छ सय ७७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको छिमेक लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता १६ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्