जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाण्डौ असार २३ । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर बुधबार लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ।
सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।
सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।
शेयरको नजिताको लागि केहि समयमा iporesult.cdsc.com.np मा जान सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्