जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै , सेयर पाउने भाग्यमानी कति ?

काठमाण्डौ , असार २३ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । आईपीओ बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा हुने क्यापिटलले जानकारी दिएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकोभन्दा १६।९१ गुणा बढी हो ।

कम्पनीको आईपीओमा परेको आवेदन हालसम्म कै उच्च पनि हो ।जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्