जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउँछ – ऊर्जामन्त्री शाही

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बूढीगण्डकी जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शाहीले बोल्दै भने “अदालतमा विचाराधीन अवस्थमा रहेको मुद्दामा अहिले संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो एकदम हतारको निर्णय भएको छ । सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।”

शाहीले विद्युत् चुहावट न्यून हुँदै गएको बताउँदै जलविद्युत् परियोजना ‘होल्ड’ गरेर राख्ने र पटकपटक म्याद थपेर बस्ने कम्पनीका बारेमा सरकारले अनुमतिपत्र खारेज गर्नपर्ने बेला आएको छ ।

मन्त्री शाहीले कार्यक्रममा बोल्दै भने “संवैधानिक निकायमध्ये एकले अर्कोमाथि हस्तक्षेप गर्ने काम भइरहेको छ । यसले मुलुकलाई दीर्घकालमा नराम्रो प्रभाव पार्दछ ।

प्रतिक्रिया दिनुहोस्