नेप्सेमा गिरावट आउने क्रम जारी : आज सुचक तथा कारोवार रकम दुबै घटे

काठमाडौं , असार २१ । नेप्सेको गिरावटले आज सोमबार पनि निरन्तरता पाएको छ । नेप्से आज ११ दसमलव ७८ अंकले घटेर २८ सय २२ दसमलव ७३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य चार अंकले घटेर पाँच सय २८ दसमलव ४१ बिन्दुमा झरेको छ ।

कुल दुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटकको कारोवारमा एक करोड ६३ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा कुल सेयर कारोवार रकम भने चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज आठ वटा समुहको सुचक घटेकाछन भने पाँच वटाको बढेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव दुई अंकले घटेर १९ सय नौ दसमलव ४३ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ५६ दसमलव ६२ अंकले घटेर १३ हजार आठ सय ६० दसमलव सात बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेकाछन् । ट्रेडिङ समुहको सुचक भने आज एक सय ३२ दसमलव दुई अंकले बढेर तीन हजार सात सय ९६ दसमलव ८६ बिन्दुमा चढेकोमा उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर पाँच हजार आठ सय ७९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ३६ प्रतिसतले घटेर एक हजार ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका अधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता पाँच हजार छ सय ८५ रुपैयाँ अन्तिम मुल्यमा ४१ करोड २० लाख ८९ हजार सात सय ३२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्