साताको सुरुवातमा नै घट्यो नेप्से

काठमाडौं, असार २० । साताको सुरुवातमा नै नेप्से घटेको छ । आज आईतबार नेप्से आठ दसमलव ४८ अंकले घटेर दुई हजार आठ सय ३४ दसमलव ५१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले घटेर पाँच सय २८ दसमलव ४५ बिन्दुमा झरेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको ६० हजार एक सय ७५ पटकको कारोवारमा एक करोड आठ लाख ४२ हजार दुई सय २१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार दुई सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन् भने १० वटा समुहले गुमाएकाछन् । जसमध्ये होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक बढ्दा बाँणिज्य बैंक समुहको सुचक छ दसमलव नौ अंकले घटेर १९ सय १६ दसमलव १५ बिन्दुमा झरेको छ ।

यसैगरी आज जलबिद्युत समुहको सुचक पनि तीन दसमलव ३५ अंकले घटेर २८ सय ३७ दसमलव १९ बिन्दुमा झर्दा बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गुडविल फाईनान्सको डिवेञ्चर २०८३ को प्रति युनिट सेयर मुल्य १० प्रतिसतले बढेर ११ सय ५५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको माछापुछ्रे बैंकको ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मुल्य पाँच रुपैयाँ ३८ पैसाले घटेर एक हजार ५६ रुपैयाँमा कारोवार भएको छ ।

आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय २८ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ५६ लाख ४७ हजार ३७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्