सिभिल बैंकका नयाँ सीईओ पोखरेलले सम्हाले कार्यभार
काठमाडौं , असार २० । सिभिल बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।
दुई वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका पोखरेललाई बैंक सञ्चालक समितिले यही असार १८ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको थियो ।
पोखरेलले गएको शुक्रबारदेखि सीईओको पद सम्हालेका हुन् । पोखरेलसँग २४ वर्षको बैंकिङ अनुभव छ । डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुने उनले बताए ।
बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८८.९४ अर्ब रुपैयाँको निक्षेप संकलन गरी ८३.६० अर्ब कर्जा विस्तार गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्