सेयर बजारमा १९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं , असार १७ । साताको अन्तिम दिन आज नेप्सेमा सुधार आएको छ । अघिल्लो दिनहरुमा निरन्तर घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार १९ दसमलव १२ अंकले बढेर २८ सय ४३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दसमलव ३३ अंकले बढेर पाँच सय २८ दसमलव ७१ बिन्दुमा चढेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको ७० हजार एक सय ९८ पटकको कारोवारमा तीन करोड २८ लाख ३८ हजार नौ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कुल सेयर कारोवार रकम छ अर्ब ७० करोड ७७ लाख ७५ हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा निर्जिवन बीमा समुहले गुमाएपनि बाँकी समुहले भने कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव १३ अंकले बढेर १९ सय २३ दसमलव पाँच बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि २१ दसमलव ८३ अंकले बढेर दुई हजार आठ सय ४० दसमलव ४१ बिन्दुमा चढेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ओरन्टल होटल समुहको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर छ सय ७३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कुमारी इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य तीन दसमलव ३३ प्रतिसतले घटेर १० रुपैयाँ १५ पैसामा प्रतियुनिट सेयर कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १६ सय ४८ रुपैयाँ अन्तिम मुल्यमा ३० करोड ४४ लाख २८ हजार चार सय १३ रुपैयाँको कारोवार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्