आज पनि घट्यो नेप्से

काठमाडौं , असार १६ । नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ । नेप्से आज चार दसमलव १३ अंकले घटेर २८ सय २३ दसमलव ८७ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ३२ अंकले घटेर पाँच सय २२ दसमलव ३७ बिन्दुमा झरेको छ ।

आज दुई सय २० वटा कम्पनीहरुको ६८ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहले गुमाएकाछन भने छ वटा समुहले कमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव आठ अंकले घटेर १९ सय १९ दसमलव ९१ बिन्दुमा झरेकोमा होटल तथा पर्यटन समुहको सुचक पनि ४९ दसमलव ६८ अंकले घटेर तीन हजार पाँच सय १८ दसमलव ६३ बिन्दुमा झरेको छ ।

जीवन बीमा, लघुबित्त, ट्रेडिङ, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन् । बिकास बैंक समुहको सुचक भने एक सय ३६ दसमलव ९६ अंकले बढेर चार हजार दुई सय पाँच दसमलव १२ बिन्दुमा चढेकोमा जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय पाँच रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ३५ प्रतिसतले घटेर दुई सय ६० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता ११ सय ७९ रुपैयाँ अन्तिम मुल्यमा ३० करोड ३७ लाख ९५ हजार सात सय ५० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्