माछापुच्छ्रे बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
काठमाडौं , असार १५ । माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले मोबैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
यो सँगै बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । बैंकले १० वर्ष अवधिको ८. ५० प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्