झन्डै ५० अङ्कले घट्यो नेप्से, कारोबार रकम साढे ६ अर्बमा सिमित

काठमाडौं, असार १५ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो ।

आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कले घटेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको शेयर ४९ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र एचआईडीसीएलको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ओरियन्टल होटलको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।

यस दिन बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्ट लगायतका समूहको सूचक ऋणात्मक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्