११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात, कुन देशबाट कति ? (सुचिसहित)
काठमाडौँ , असार १५ । नेपालले ११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात गरेको छ । यो चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको हो । २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो ।
भारतले ताकादेखि आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने देखिन्छ ।
नेपालले भारतबाट सबैभन्दा धेरै ४७ अर्ब ९४ करोड रुपैयाँको चामल आयात गरेको छ । नेपाल कृर्षि प्रधान देश भएपनि सरकारले बाहिरैबाट चामाल आयत गर्ने गरेको छ ।
देश | परिमाण (क्वीन्टल) | मूल्य (रुपैयाँ) |
भारत | १२६४३६४६.२८ | ४७ अर्ब ९४ करोड |
चीन | १७३६.२४ | ६ करोड ७१ लाख ३३ हजार |
फिलिपिन्स | ०.५ | २७ हजार |
थाइल्याण्ड | ५०.०३ | ४ लाख १२ हजार |
अमेरिका | १९३८६.५१ | १५ करोड १८ लाख ६१ हजार |
भियतनाम | ०.२३५ | १० हजार |
म्यानमार | ०.०१ | |
जापान | १.२ | १ लाख २१ हजार |
टर्की | ०.२५ | ३० हजार |
इटली | १ | २९ हजार |
दक्षिण कोरिया | ०.५६ | ६ हजार |
प्रतिक्रिया दिनुहोस्