नेप्सेमा हरियाली, २७ अंकले बढ्दा सात अर्ब १६ करोडको कारोबार

काठमाडौँ , असार १३ । साताको पहिलो कारोवार दिन आईतबार नेप्सेमा हरियाली छाएको छ । नेप्से आज २७ दसमलव ३८ अंकले बढेर २८ सय ७० दसलव ३८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि ती दसमलव ७६ अंकले बढेर पाँच सय २९ दसमलव ४१ बिन्दुमा चढेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ८२ हजार ५५ पटकको कारोवारमा दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब १६ करोड ७४ लाख ३२ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दसमलव २६ अंकले बढेर १९ सय ४३ दसमलव ४८ बिन्दुमा चढेकोमा जलबिद्युत, ट्रेडिङ, लघुबित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने आज ५९ दसमलव ४१ अंकले घटेर चार हजार तीन सय चार दसमलव २३ बिन्दुमा झररेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र होटल तथा पर्यटन समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९६ प्रतिसतले बढेर दुई सय ९८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ३७ प्रतिसतले घटेर ११ सय १५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन सय ४० रुपैयाँ अन्तिम मुल्यमा ४० करोड ७० लाख २५ हजार सात सय ९७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्