तेह्रथुम पावरले पायो आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं, असार १३ । तेह्रथुम पावर कम्पनीले सर्वसाधरणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

कुल १२ लाख कित्तामध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । हाइड्रोपावर कम्पनीले तेह्रथुम जिल्लाको अपर खोरुङ्गा खोलामा साढे ७ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्