अर्थतन्त्रलाई लयमा फर्काउन राष्ट्र बैंकले बनायो कार्यविधि

काठमाडौं, असार ११ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ले प्रभावित अर्थतन्त्रलाई लयमा फर्काउन ‘नेपाल राष्ट्र बैंक पुनकर्जा कार्यविधि’ बनाएको छ।

केन्द्रीय बैंकले अर्थतन्त्रमा कोरोनाबाट परेको असरलाई सम्बोधन गर्न कार्यविधि बनाएको हो।

उद्योग, व्यवसायलाई पुनरुत्थानमा सहयोग पुर्याउने गरी सबै क्षेत्रमा पुनकर्जाको पहुँच विस्तार गर्न कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने, प्रभावकारी र व्यवस्थित बन्ने बैंकले बताएको छ।

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको स्पष्ट पारेको छ। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको मूल्य अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपरेको बताए। निगम निरन्तर घाटामा गइरहेकाले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउन मूल्यवृद्धि गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्