साताको नेप्से २८ सय ४३ अंकमा : ४९ अर्बको सेयर किनबेच

काठमाडौं , असार ११ । यो साता नेप्से २८ सय ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दसमलव ६४ अंकमा पुगेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोवारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिद बिक्री हुंदा यो साता कुल कारोवार रकम ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा निकै कम हो ।

गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको आठ लाख १५ हजार एक सय ३० पटकको कारोवारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने तेस्रो दिन नेप्से बढेको थियो ।

सो मध्ये पहिलो दिन आईतबार नेप्से ६३ दसमलव २८ अंकले घटेर २९ सय पाँच दसमलव १४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १२ दसमलव ६१ अंकले घटेर पाँच सय २८ दसमलव ५१ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ७१ दसमलव छ अंकले घटेर दुई हजार आठ सय ३४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ३७ अंकले घटेर पाँच सय २० दसमलव १८ अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से ७९ दसमलव ४४ अंकले बढेर तीन हजार २२ दसमलव १० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ अंकमा पुगेको थियो । चौथो कारोवार दिन भने नेप्से ५१ दसमलव ६५ अंकले घटेर दुई हजार आठ सय ६२ दसमलव १८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि सात दसमलव ३७ अंकले घटेर पाँच सय २८ दसमलव ८७ अंकमा पुगेको थियो ।

यसैगरी अन्तिम कारोवार दिन पनि नेप्से १६ दसमलव ९६ अंकले घटेर दुई हजार आठ सय ४३ अंकमा सेन्सिटिभ पनि तीन दसमलव १७ अंकले घटेर पाँच सय २५ दसमलव ६४ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा भने नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् ।

पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको परेकाछन् ।

सेयर सुचीकरणतर्फ भने यो साता प्रभु सेलेक्ट फण्ड, नेपाल इन्स्योरेन्स कम्पनी, कामना सेवा बिकास बैंक आदिको म्भचुअल फण्ड, बोनस सेयर आदि सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्