जीवन विकास लघुवित्तको आइपिओ आजबाट खुल्ला :: दश कित्ता आवेदन दिँदा उत्तम !

काठमाडौं, असार ११ । जीवन विकास लघुवित्तको आईपिओ निष्काशन भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आजबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्