सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ खर्बमा खुम्चियो
काठमाडौं, असार १० । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से १६ दसमलव ९६ अंकले घटेर २८ सय ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि तीन दसलव १७ अंकले घटेर पाँच सय २५ दसमलव ६४ बिन्दुमा झरेको छ ।
दुई सय १८ वटा कम्पनीहरुको ७८ हजार नौ सय ८३ पटकको कारोवारमा एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब तीन करोड ३६ लाख तीन हजार सात सय ४० रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको हुंदा होटल तथा पर्यटन र जलबिद्युुत समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ४२ अंकले घटेर १९ सय पाँच दसमलव २२ बिन्दुमा झरेको फाईनान्स समुहको सुचक पनि २९ दसमलव पाँच अंकले घटेर २२ सय २७ दसलव ६० बिन्दुमा झरेको छ ।
यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८८ प्रतिसतले बढेर सात सय ४५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छिमेक लघुबित्त बित्तीय संस्थाका संस्थापक सेयरको मुल्य ६१ दसमलव ११ प्रतिसतले घटेर नौ सय ४९ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ६९ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ७६ लाख २२ हजार चार सय ७० रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्