हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने
काठमाडौं , असार १० । हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र दराजबीच बैंकका ग्राहकहरुलाई अनलाइनबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको बैंक डे अफरअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
उक्त सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्