अब साल्ट ट्रेडिङबाट ११ सय २० रुपैयाँमा ग्यास नपाइने

काठमाडौं, असार ९ । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्।

मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन्।

ती संस्था ग्यास प्रति सिलिण्डर एक हजार१२० रुपैयाँ र चिनी प्रति केजी६३ रुपैयाँमा मात्र उपलब्ध गरेका थिए। देशभरका ४८वटा बिक्री काउन्टरबाट सहुलियतका सामाग्री बिक्रि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्