नेप्से ५३.८८ अंकले घट्यो, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं, असार ९ । लगातारको गिरावटपछि मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घट्न पुगेको छ।बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९. ९६ विन्दुमा ओर्लिएको छ।

मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेको थियो। त्यसअघि आइतबार र सोमबार नेप्से क्रमशस् ६३.११ र ७१.०६ अंकले घटेका थिए। नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो।

आज कारोबार रकम पनि करिब साढे आठ अर्बमा खुम्चिएको छ। नेप्सेमा आज आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक खरिद(बिक्री भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५३ अंकले घटेर ५२८.३४ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.७१ प्रतिशतका दरले कमाएका छन्। कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.६० प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ५४ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै १३ लाख १६ हजार ५१५ कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार ७९७ पटक किनबेच भएका थिए।

आज सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्