आज पनि नेप्सेमा ७१ अंकको उच्च गिरावट

काठमाडौ , असार ७ । साताको दोस्रो कारोवार दिन सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ७१ दसमलव छ अंकले घटेर २८ सय ३४ दसमलव ४० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ३७ अंकले घटेर पाँच सय २० दसमलव १८ बिन्दुमा झरेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको एक लाख २७ हजार आठ सय ३७ पटकको कारोवारमा दुई करोड २५ लाख २२ हजार चार सय ९१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार छ सय ७४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको भएकाछन भने सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव २२ अंकले घटेर १९ सय एक दसमलव ६९ बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ५० दसमलव २४ अंकले घटेर दुई हजार सात सय ४१ दसमलव १८ बिन्दुमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च बिन्दुले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर सात सय १७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ४५ प्रतिसतले घटेर दुई सय ७८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १७ सय ५३ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ३० करोड ६१ लाख १५ हजार छ सय १४ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्