चिकित्सक संघले बोलायो डोटीका सबै डाक्टरलाई काठमाडौं: कारण यस्तो छ,
काठमाडौं ।नेपाल चिकित्सक संघले सुरक्षा नभएको भन्दै डोटी जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ । बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै संघले सबै डाक्टरलाई काठमाडौं केन्द्रीय कार्यालयमा बोलाएको हो ।
चिकित्सक संघका महासचिव डा लोचन कार्कीले विज्ञप्ति जारी गर्दै चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्कमाथि नै सांघातिक हमला गरी गम्भीर घाईते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोपु लगाउँदै उल्टै चिकित्सकलाई बदनाम गर्ने, भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाव दिने गरिएको वताउनु भएको छ ।
बिरामीको उपचारमा खटिएका डा जितेन्द्रकुमार सिंहमाथि आइतबार कुटपिट भएको थियो । उहाँको हात, ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने दाँतसमेत भाँचिएको छ । उक्त घटनाको विरोधमा जिल्लाका डाक्टरले हिजोदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन ।
संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । संघले जिल्लालाई भयरहित नबनाएको खण्डमा चिकित्सकको सुरक्षाका लागि देशैभरि विरोधका कार्यक्र सञ्चालन गर्न वाध्य हुने चेतवानी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्