बाढीपहिरोले जलविद्युत आयोजनामा १० अर्बको क्षति

काठमाडौं , असार ६ । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले जलविद्युत दर्जन बढी विद्युत आयोजना प्रभावित भएका छन् । बाढीका कारण विद्युत आयोजनामा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान उत्पादकहरूले गरेका छन् ।

बाढीका कारण विद्युत उत्पादन गरिरहेका र निर्माणाधीन आयोजनामा क्षति पुगेको छ । निजी क्षेत्रबाट सञ्चालित विद्युत आयोजनाहरू बढी प्रभावित भएका छन् । हालसम्म प्राप्त विवरण अनुसार करिब १६ वटा विद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इपान० का अध्यक्ष कृष्ण आचार्यले बताए । आर्थिक क्षतिको यकिन मूल्याङ्कन हुन नसकेपछि १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उनले बताए ।

दोर्दी करिडोर, मादी करिडोर र मोदी करिडोरमा रहेका निर्माणाधीन एवम् सञ्चालनमा रहेका आयोजनाको उत्पादन रोकिएको उनले बताए । उनकाअनुसार बाढीले सबैभन्दा बढी मादी करिडोर र दोर्दी करिडोरका विद्युत आयोजनामा क्षति पुगेको छ । मादी करिडोरमा निर्माणाधीन दुईवटा परियोजनामा निकै क्षति पुगेको उनले बताए ।

प्रभावित आयोजनामा अझैसम्म प्राविधिक पुग्न नसक्दा क्षतिको एकिन विवरण गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्