शिक्षामा सुधारको खाँचो छः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी

काठमाडौं । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताए । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था समेत गर्नुपर्नेमा जोड दिए ।

शिक्षकको वृद्धी विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै भने राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत गर्नुपर्छ । अधिकारीले भने “सधैँ विद्यार्थी फेल गराउने शिक्षकलाई निश्चित समय दिएर बिदा गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्