साताको नेप्से २९ सय ६८ अंकमा : ८१ अर्ब ३५ करोडको सेयर किनबेच

काठमाडौं , असार ४ । यो साता नेप्से २९ सय ६८ दसमलव ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दसमलव १२ अंकमा पुगेको छ ।

यो साता दुई सय २६ वटा कम्पनीहरुको आठ लाख १५ हजार एक सय ३० पटकको कारोवारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एध सय ४७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको सात लाख ५३ हजार छ सय ३९ पटकको कारोवारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ३८ दसमलव ३२ अंकले बढेर २९ सय ८३ दसमलव १० अंकमा पुगेकोमा सेन्सिटिभ पनि ११ दसमलव ५४ अंकले बढेर पाँच सय ३९ दसमलव ४१ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ४२ दसमलव ७२ अंकले बढेर तीन हजार २५ दसमलव ८३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १० दसमलव ६० अंकले बढेर पाँच सय ५० दसमलव दुई अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से तीन दसमलव ७२ अंकले घटेर तीन हजार २२ दसमलव १० अंकमा पुगेकोमा सेन्सिटिभ भने शुन्य दसमलव २५ अंंकले बढेर पाँच सय ५० दसमलव २६ अंकमा पुगेको थियो । चौथो कारोवार दिन पनि नेप्से ५२ दसमलव ४१ अंकले घटेर दुई हजार नौ सय ६९ दसमलव ६९ अंकमा झरेकोमा सेन्सिटिभ पनि आठ दसमलव ५६ अंकले घटेर पाँच सय ४१ दसमलव ७० अंकमा पुगेको थियो ।

यसैगरी पाँचौं दिन पनि नेप्से एक दसमलव २९ अंकले घटेर दुई हजार नौ सय ६८ दसमलव ४३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ५८ अंकले घटेर पाँच सय ४१ दसमलव १२ अंकमा पुगेको थियो ।

नेप्सेका अनुसार यो साता नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोवार भएकाछन भने संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेकाछन् ।
पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

नेप्सेका अनुसार यो साता बिकास ऋणपत्र २०८३ (घ), सिटिजन्स इन्टरनेशनल बैकको मर्जर पश्चात कायम भएको सेयर आदि नेप्सेमा नियमित कारोवारका लागि सुचीकृत भएकाछन् । यस बाहेक सिर्जना फाईनान्सको १३ दसमलव ५९ प्रतिसत बोनस सेयर पनि यसै साता नेप्सेमा सुचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्