महामारीविरुद्ध लड्न विश्व बैंकले १७ अर्ब ५५ करोड ऋण दिने

काठमाडौं , असार ३ । विश्व बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन १५ करोड डलर ऋण सहयोग गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना महामारीको प्रभावबाट नेपालको सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन विश्व बैंकले ऋण सहयोग गर्ने निर्णय गरेको नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले बताए ।

प्रतिक्रिया दिनुहोस्