निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान १०ः४५ बजेतिर बा १४ च ९५५६ नं को बोलेरो दुर्घटनामा परेको स्रोतले जानकारी दियो

मृतकको सनाखत हुन बाँकी छ । स्रोतका अनुसार गाडीमा १७ जना सवार थिए ।घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको हुन सक्ने आशंका गरिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्