नरोत्तमलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौँ , जेठ २९ । नेपाली कांग्रेसले वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञाप्ति जारी गर्दै वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन गरिसकिएको जनाएका हुन् ।

‘वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।’

शुक्रबार गण्डकी प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै कसैले ‘नाथुराम गोड्से बन्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । यसको सबै राजनीतिक दलका नेताहरू विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्