महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जना पक्राउ

काठमाडौं, जेठ २८ । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको छ ।

राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता ९एसपी० सुशील सिंह राठौरले बताए ।

चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंसा भएको भन्दै छानविनको माग गरेर सो समूहले प्रदर्शनको तयारी गरिरहेको थियो । वैशाख पहिलो साता सविताको हत्या आरोपमा पक्राउ परेका उनका ससुरा र श्रीमान धरौटीमा छुटेका छन् ।

उनीमाथि हिंसा भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सो घटनाबारे थप छानविन हुनुपर्ने माग भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्